एक सचिवको भरमा नगरपालिका «

एक सचिवको भरमा नगरपालिका

नयाँ संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा जिल्लाको पश्चिम ढोरपाटन नपरपालिकाका स्थानीयले सास्ती बेहोर्नु परेको छ । कर्मचारी अभावको कारण देखाउँदै ढोरपाटन नगरपालिका कार्यालयले नगर क्षेत्रका ९ वटै वडा हेर्ने जिम्मा एकजना सचिवलाई सुम्पिएको छ ।
सचिव अभावका कारण सामान्य कामका लागि समेत सम्पूर्ण ढोरपाटनवासी बुर्तिवाङ बजार धाउनु पर्ने बाध्यता छ । ढोरपाटन नगरपालिकाभित्रका वडा कार्यलय प्रयोगविहीन बनेको स्थानीय विमल छन्त्यालले गुनासो गरे । नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा नगरपालिकाको कार्यसम्पादनमा प्रत्यक्ष असर परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए । जिल्लाभरका सबै स्थानीय तहमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्ने संयन्त्र कर्मचारी व्यवस्थापन समिति भएकाले समितिले यसका लागि विशेष पहल गर्नुपर्ने आचार्यको भनाइ छ । कर्मचारी व्यवस्थापनको लागि मन्त्रालयमा समेत पहल गरिए पनि अझैसम्म सुनुवाइ हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।
ढोरपाटन नगरपालिकामा साविकका बुर्तिबाङ, खुंगा, अधिकारीचौर र बोवाङ गाविसलाई समेटिएको छ । २२२.८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको ढोरपाटनमा २६ हजारभन्दा बढी सेवाग्राही रहेको नगरपालिकाको कार्यालयले जनाएको छ । कर्मचारी अभावका कारण नगरपालिकाभित्रका ९ वटा वडामा आवश्यक पर्ने पञ्जिकरणसम्बन्धी सबै काम १ जना सचिवले गर्नुपरेको छ । अहिले सबै वडाका व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताका लागि अभिलेख चेकजाँच तथा दर्ता प्रक्रियाका सम्पूर्ण काम वडा नं. ५ र ६ का सचिवले गरिरहेका छन् । एउटा वडामा ३ जना कर्मचारी रहँदा पनि कामको भार बढ्ने अवस्थामा एक्लैले सबै वडाको कार्यसम्पादन गर्दा समस्या भएको सचिव कमलप्रसाद कँडेलले बताए । धेरै कर्मचारी जिल्लाका सुगम क्षेत्रका स्थानीय तहमा बस्न रुचाउने तर पश्चिम क्षेत्रमा आउन नमान्ने परिपाटीले पनि कर्मचारी व्यवस्थापनमा समस्या भएको सचिव कँडेलको गुनासो छ ।
फागुन दोस्रो सातादेखि नै सामाजिक सुरक्षा भत्ताको प्रक्रिया सुरु हुने र सबै वडाका लाभग्राहीको अभिलेख चेकजाँच तथा नयाँ अभिलेख दर्ता प्रक्रिया एक्लैका लागि अझ बोझिलो बन्ने छ । स्थानीयलाई भइरहेको सास्ती कम गर्न तत्काल आवश्यक कर्मचारी व्यवस्थापन गरिदिन कँडेलले सरोकारवाला निकायलाई आग्रह गरे । अहिले नगरपालिकाको कार्यालयबाट नै कार्यसम्पादन गरिरहेका कँडेलले कुनै एक वडामा बस्दा अन्य बाँकी वडाका जनता सेवासुविधाबाट वञ्चित हुने हुँदा नगरपालिकाको कार्यालयबाट नै काम गर्नुपरेको उनको गुनासो छ ।
स्थानीय तहको निर्वाचन भएको छ महिना बितिसक्द पनि नगरपालिकाभित्रका सबै वडामा वडा कार्यालय स्थापना हुन सकेको छैन । तर नगरपालिकाका सबै वडाका लागि १ जनामात्र सचिव भएपछि सबै वडा कार्यालय प्रयोगविहीन जस्तै बनेका छन् । अत्यावशकीय विषयको छलफलबाहेक वडा कार्यालयको कुनै प्रयोग हुन नसकेको वडा नं. ६ का वडाध्यक्ष जीवनकुमार
त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्