Logo

शेयर बजारमा सुधार

आज सामान्य सुधार भएको शेयर बजार ५९ अंकभन्दा धेरैले घटेर १९ सय ६३ अंकमा झरेको छ । आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ अंकमा पुगेको छ ।

सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधबार र बिहीबार उच्च अंकले घटेको लघुवित्त समूहको शेयर आज उच्च अंकले बढेको छ । यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अंकले बढेको छ । आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अंकले घटेको छ ।

आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्