Logo

फाेटाेनकाे विद्युतीय गाडी परीक्षण

फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले विद्युतीय सवारी साधन (इभी) भ्यानको सफल परीक्षण गरेको छ । १५ दिनको सफल सञ्चालन पछि इभी भ्यानहरूले वातावरणमैत्री र किफायती दुवै रहेको र यातायातको सहज र भरपर्दो इलेक्ट्रिक भेहिकल हुनेमा विस्वस्त रहेको कम्पनीले जनाएको छ ।

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले दुई मोडलका इभी प्यासेन्जर भ्यानहरू ल्याएको छ । एउटा १४ सिट क्षमताको र १६ सिट क्षमताको रहेका छन् । साथै इभी कार्गो भ्यान पनि नेपाल भित्र्याएको छ । यी इलेक्ट्रिक भ्यानले एक पटक चार्जमा २५० किलोमिटरको दायरा कभर गर्न सक्ने भन्दै कम्पनीले तिनीहरूलाई लामो यात्रा र व्यावसायिक प्रयोगका लागि सहज बनाउने बताइएको छ ।

“हाम्रा इभी भ्यानहरूले नेपाली बाटो र माटोको लागि उपयुक्त छन् भनेर सफलता पूर्वक परीक्षण सफल भएको कम्पनीको दावी छ । एमएडब्लु वृद्धि नेपाल सरकारको विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने योजनामा साथ दिन प्रतिवद्ध रहेको बताइएको छ । नेपाल सरकारले इलेक्ट्रिक भेहिकल प्रवर्द्धन गर्न सब्सिडी र कर छुटहरू प्रदान गर्दै आएको छ । यसले एमएडब्लु वृद्धि जस्ता कम्पनीहरूलाई इभी प्रविधिमा लगानी गर्न प्रोत्साहित गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्