नारायणगढमा खुल्यो ‘कोसेली घर’ «

नारायणगढमा खुल्यो ‘कोसेली घर’

भरतपुर-उद्योग वाणिज्य संघ चितवनले नारायणगढमा कोसेली घर सञ्चालनमा ल्याएको छ । महिला उद्यमीलाई प्रोत्साहन गर्न कोसेली घर बनाइएको हो । सोमबार भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले उद्घाटन गरिन् ।
कोसेली घरमा घरेलु हस्तकलाका सामग्री, अचार, मह, कुचो, दुना, टपरी, सेललगायत उत्पादन राखिनेछ । कोसेली घरका संयोजक रजनी मास्केले लघुउद्यमको बजारलाई प्रोत्साहन गर्न कोसेली घरले सघाउने बताइन् । चितवनको पहिचानलाई बजारीकरण गर्न सहज हुने बताइन् ।
संघका अध्यक्ष सहनलाल प्रधानले भ्रमणमा चितवन आउने टोलीहरूलाई चितवनको चिनो दिने वातावरण बनाइने बताए । संघले १२ औं चितवन महोत्सव २०७५ का बेला महिला उद्यमी भेला गराएको थियो । महिलाको उद्यम क्षेत्र, उनीहरूको उत्पादन र सम्भाव्यता अध्ययन गरी कोसेली घर सञ्चालनमा ल्याएको हो । उपमेयर शाहले महिलालाई कोसेली घरलाई उद्यमी बनाउन प्रेरित गर्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्