हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेस मनी ट्रान्स्फरबीच साझेदारी
नेपालका लागि सामसङ उत्पादनहरूको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरूलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग साझेदारी गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकरशमशेर थापा र सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र तण्डनले एमओयुमा हस्ताक्षर गरेका छन् । सम्झैताअनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरूले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । यो इनिसिएसन जुलाई १, २०१९ बाट प्रारम्भ हुनेछ ।
हिम इलेक्ट्रोनिक्सले प्रवासीहरूलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो इनिसिएसन गरेको हो । यसको सुरुवातसँगै ग्राहकहरू विभिन्न तरिकाले लाभान्वित हुनेछन् जस्तै उनीहरूले वारेन्टी दाबी गर्न सक्नेछन्, ओसार–पसार छिटो हुनुका साथै त्यस क्रममा हुने तोडफोडको जोखिमसमेत परिपूर्ति हुनेछ । साथै हिम इलेक्ट्रोनिक्सले मध्यपूर्वदेशहरूमा टिभी किन्दा लाग्ने रकममै विश्वकै नं. १ सामसङ टिभी प्रदान गर्ने पनि जनाएको छ ।