Logo

जीवन विकास लघुवित्तले घटायो लाभांश

जीवन विकास लघुवित्त वित्तीय संस्थाले यो वर्ष लाभांश घटाएको छ । गत वर्ष ७३.६८ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणानुसार वितरणयोग्य मुनाफाबाट २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब तीन करोड रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्