बर्दियाको शितलाबजारमा सिभिल बैंकको शाखा «

बर्दियाको शितलाबजारमा सिभिल बैंकको शाखा

सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा शितला बजारमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरेका थिए । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । शितलाबजार शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे पनि बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्