नेपाल लाइफद्वारा यती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई एक करोड बढी दाबी भुक्तानी

जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामायिक निधन भएको थियो ।
बालाजु शाखामा आयोजित एक कार्यक्रमकाबीच मृतकले इच्छाइएका व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । आफ्नो जीवनकालमा संगिताले नेपाल लाइफ इन्स्योरेन्स क.लि. बालाजु शाखा कार्यालयबाट यही २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन सहारा बीमा योजना लिएकी थिइन् ।
बीमांक बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र दुर्घंटना मृत्यु दाबी वापत ५० लाख रुपैयाँ गरी जम्मा १ करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ । २०७९ पुस मसान्तसम्ममा सो कम्पनीको लगानी १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्ब रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ५२ करोडभन्दा बढी रहेको छ।
कम्पनीमा २ लाख १२, हजार ६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।