१ करोड ३० लाख डलरको रोल्स रोयसको स्वीपटेल कार «

१ करोड ३० लाख डलरको रोल्स रोयसको स्वीपटेल कार

काठमाडौं । बेलायती विलासी कार निर्माता कम्पनी रोल्स रोयसले हालसम्मकै महँगो कार उत्पादन गर्ने भएको छ । हाल ४८ लाख अमेरिकी डलरको कार बजारमा आएको थियो । उक्त कारलाई नै सवार्धिक महँगो कारका रूपमा लिइन्थ्यो । रोल्स रोयसले उत्पादन गरेको उक्त कारको नाम स्वीपटेल राखिएको छ । यो कारको मूल्य १३ मिलियन (१ करोड ३० लाख) अमेरिकी डलर राखिएको छ । रोल्स रोयसको नयाँ कार स्वीपटेलको मूल्यले अर्को विलासी कार निर्माता बुगाटीको चिरोन्स ४ वटा बराबको मूल्य रहेको छ । यो कार निश्चित उपभोक्ताका लागि मात्र उत्पादन गरिने कम्पनीले जनाएको छ । रोल्स रोयस स्वीपटेलको उत्पादनका लागि चार वर्ष लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्