Logo

अनुदानमा किबीका बिरुवा वितरण

फाइल तस्बिर ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले किसानलाई किबीका बिरुवा वितरण गर्ने भएको छ । नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक र कृषि फर्महरुलाई ५० प्रतिशत अनुदानमा किबी खेती गर्नेको लागि बिरुवा वितरण गर्ने लागेको हो ।

कृषि शाखाले एक सूचना जारी गर्दै कृषकलाई किबीको बिरुवा माग गर्ने आह्वान गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम तर्फ किबी बगैँचा व्यवस्थापन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा किसानलाई किबीका बिरुवा वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिए ।

नगरपालिकाले माघ २६ गतेभित्र नगर क्षेत्रका कृषि फर्म तथा किसानहरुले आवश्यक कागजातसहित नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्ने अनुरोध गरेको छ । किबीका बिरुवा खरिदको लागि नगरपालिको एक लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्