महाकाली माविलाई नयाँ भवन «
Logo

महाकाली माविलाई नयाँ भवन

काभ्रे – भूकम्पले तहसनहस बनेको काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ मा रहेको महाकाली माविको नयाँ भवन समुदायलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच मण्डनदेउपुर नगरपालिकामा प्रमुख टोकबहादुर वाइवाले र र मुक्त नेपालको ईभी जर्मनीका अध्यक्ष एलिना रुडल्सले संयुक्त रुपमा भवनको उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख वाइवाले विद्यालय भवन बनेसँगै त्यहाँका विद्यार्थीहरुले सहज रुपमा शिक्षा लिन सक्ने अवस्थाको सिर्जना भएको बताए । कार्यक्रममा नगर उपप्रमुख निर्मला शाहीले मण्डन देउपुरको विकास गर्न हातोमालो गर्न आएको मुक्त नेपाललाई सदैव स्वागत रहने बताइन् ।
मुक्त नेपालको सहयोगमा ४ कोठे पक्की भवन बनेसँगै त्यहाँका विद्यार्थीहरुमा हौसला थपिएको छ । १ करोड ३१ लाखको लागतमा निर्माण भएको भवन समुदायलाई हस्तान्तरण भएसँगै भवनले शैक्षिक विकासमा ठोस योगदान दिने मुक्त नेपालका अध्यक्ष राजकुमार खत्रीले बताए । विद्यालय भवन बनेसँगै विद्यार्थीहरुले भत्किएको विद्यालयवाट नयाँ भवनमा पढ्न पाउने भएका छन् । महाकाली माविको भवन २०७२ वैशाख १२ को भूकम्पले भत्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्