नेपाल क्लियरिङ हाउसको अध्यक्षमा शर्मा

नेपाल क्लियरिङ हाउसले दयाराम शर्मालाई अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका डुपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भएसँगै शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन् । नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसको एनसिएचएल इसीसी, एनसिएचएल आईपीएस, कनेक्ट आइपीएसलगायतका विभिन्न प्रणाली, च्यानल, प्लेटफर्म तथा उपकरणसञ्चालनमा छन् ।