यामाहाको रोम्यान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम «

यामाहाको रोम्यान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम

भ्यालेन्टाइनको अवसरमा यामाहाले रोमान्चक र रोम्यान्टिक स्किम ल्याएको छ । ‘की टु द गोल्डेन हार्ट’ स्किमले १ लाखसम्मको क्यासब्याकको मजेदार अफर पनि ल्याएको छ । हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिने बताइएको छ ।

लक्की ड्रमार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ । यो अफर यामाहाका सीमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । यो अफर यामाहा स्कुटरमा १–१७ फेब्रुअरी, २०२३ सम्म मात्र लागु हुनेछ भने, यामाहाको बाकइहरुमा १९ जनवरी, २०२३ देखि नयाँ योजना घोषणा नगरेसम्म लागू हुने कम्पनीको भनाइ छ ।
खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेको खण्डमा, यामाहासँग वैकल्पिक प्रस्ताव पनि छ ।

खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्टको विकल्प रोज्न सक्छ जुन पूर्ण रकमको २० प्रतिशत हो । यो अफर ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरमा पनि उपलब्ध छ । फेब्रुअरी महिना प्रेमको प्रतीक रहेको हुँदा, परस्परको यही प्रेम र आत्मियता मनाउँदै, यामाहाले एक आकर्षक साप्ताहिक उपहार ल्याएको छ । एउटा सुनको लकेट र यामाहाको सुनौलो चाबीको साप्ताहिक उपहार प्राप्त गर्ने अफर रहेको छ । यो अफर यामाहा फाइनान्स, एम.ए.डब्लु इन्भेष्टमेन्ट प्रा. लि. द्वारा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्