महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकको अनाथ, अपांगता भएका, अशक्त, असाहय र मनोरोगीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधिहरु, दैनिक खानाका लागि अत्यावश्यक सामग्रीहरु साथै विविध सरसफाइका सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
सहाराविहीन, अशक्त, असाहाय, शारीरिक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना, कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।