खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास

खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको चौँथो डि.ए.भी. कलेज अन्तर कलेज ट ब् कष्मभ फुटसल प्रतियोगिता यही मिति २०७९–१०–२० गते संस्थाका अध्यक्ष श्री अनिल केडियाको उपस्थितिमा भव्यताका गरिएको थियो ।
कलेजको आफ्नै फुटसल मैदानमा ३२कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि ‘नेपाल तरुणदलका भू.पू. सभापति तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यश्री जितजङ्ग बस्नेतले समुद्घाट गरेका थिए । उक्त समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा एन्फाका महासचिव श्री किरण राई, नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष श्री भिमसेन गुरूङ्, एन्फा अनुशासन कमिटिका सदस्य श्री हेमराज राई, राष्ट्रिय फुटबल टिमकापूर्व प्रशिक्षक तथा थ्रिस्टार क्लबका प्रशिक्षक श्री मेघराज के.सी र जावलाखेल युवाक्लब तथा ललितपुर जिल्लाका फुटबल प्रशिक्षक श्री नरेश थापाको उपस्थिति थियो ।
तीनदिनसम्म सञ्चालन भएको उक्तप्रतियोगिता तहका सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका डाइरेक्टर श्री सुमन बस्नेतल गरे। साथै उक्त प्रतियोगिताका विजयीटिमहरूलाई केडियाफाउन्डेसनका अध्यक्ष श्री अनिल केडिया तथा कलेजका डाइरेक्टर श्री सुमन बस्नेत बाट संयुक्त रूपमा विजेता टिमविनायक सिद्धकलेज लाई रू ३ लाखनगद, ट्रफी र प्रमाण पत्र तथा उपविजेताटिम ओरियन्टकलेजलाई रू २ लाखनगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी टाइम्स इन्टरनेशनल कलेजका अनिस तामाङ,उत्कृष्ट गोलरक्षक विनायक सिद्धकलेजका अभिषेक तामाङ र उच्चगोल कर्ता विनायक सिद्धकलेजका लाक्पातामाङ लाई पनि जनहीनगदरू.१५,०००, व्यक्ति गतट्रफी र प्रमाणपत्र वितरण गरियो ।