प्रोस्टाइल ‘कृ’ चलचित्रसँग आबद्ध «

प्रोस्टाइल ‘कृ’ चलचित्रसँग आबद्ध

 डाबर नेपालको पुरुषहरूलाई लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइलले प्रदर्शनरत चलचित्र ‘कृ’ सँग आबद्ध भएको कुरा रोयल इम्पिरियल बुटिक होटल, काठमाडौंमा मिडियाकर्मी तथा ‘कृ’ चलचित्रका अभिनेता तथा प्राविधिककाबीच आयोजित एक कार्यक्रमकाबीच घोषणा गरेको छ । प्रोस्टाइल यो आबद्धतासँगै नै ‘कृ’ चलचित्रको आधिकारिक स्टाइलिङ पार्टनर भएको छ । चलचित्रका नायक तथा प्रोस्टाइलका ब्रान्ड एम्बेसडर अनमोल केसीले प्रोस्टाइलले आयोजना गरेको ‘अनमोल फ्यानमोमेन्ट्स’ फेसबुक ग्राहक योजनाका विजेताहरूलाई ‘कृ’ को प्रिमियर कार्यक्रमको टिकट वितरण गरेका थिए । सोही कार्यक्रममा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ का विजेता ध्रुव बुढाथोकी तथा ‘कृ’ चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले गोलाप्रथाबाट विजेताहरूको नाम घोषणा गरेका थिए । १० जनाविजेताले आफ्ना साथीहरूका साथमा माघ २४ मा आयोजनाहुने ‘कृ’ को प्रिमियर कार्यक्रममा चलचित्र हेर्न पाउनेछन् । ‘अनमोल फ्यानमोमेन्ट्स’मा सहभागीहरूको अत्यन्तै उत्साहजनक सहभागिता रहेको कुरा डाबरले जनाएको छ । १२ माघ ०७४ मा सुचारु गरिएको यो कार्यक्रमबाट १५ हजारभन्दा बढी लाइक, ४ हजारभन्दा बढी कमेन्ट तथा ४ लाखभन्दा बढी भ्यूप्राप्त भएको थियो । डाबर नेपालका सेल्स तथा मार्केटिङ प्रमुख उपेन्द्र प्रधानले ‘कृ’ चलचित्रसँग आबद्ध हुनु गर्वको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्