पौरखी नेपाललाई मेटलाइफ फाउन्डेसनको सहयोग

मेटलाइफ फाउन्डेसनले पौरखी नेपाल नामक संस्थालाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गरेको हो ।
कार्यक्रमअन्तर्गत पौरखीले यी महिलाको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्नेछन् । अमेरिकी डलर ५०,००० को सहायताद्वारा यस परियोजनाले ४ महत्त्वपूर्ण क्षेत्रहरू जस्तै उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा बिक्री विकास, र सहयोगी शिक्षा प्रदान गर्नेछ । पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पु¥याउन यस अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्नेछन् ।
यो परियोजना एमएससी ग्लोबल कन्सल्टिङसँग समन्वय गरीएको छ, जुन बुटिक परामर्शदाता फर्म हो जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिहरूमा काम गरिरहेको छ ।