नेपाल मुद्रा विप्रेषक संघ र श्रममन्त्री अर्यालवीच भेटवार्ता «

नेपाल मुद्रा विप्रेषक संघ र श्रममन्त्री अर्यालवीच भेटवार्ता

विदेशबाट वैधानिक रुपमा रेमिट्यान्स भित्र्याइरहेका व्यवसायीहरुको संस्था नेपाल मुद्रा विपे्रषक संघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसंग भेटवार्ता गरेको छ । आजै संघ र मन्त्री अर्यालबिच मन्त्रालयमा भेटबार्ता भएको नेपाल मुद्रा विप्रेषक संघले जनाएको छ ।

संघका अध्यक्ष श्री चन्द्र टण्डनको नेतृत्वमा श्रम मन्त्रालय पुगेर संघका कार्यसमितिको तर्फबाट तथा सम्पूर्ण रेमिट्यान्स ब्यबसायीहरुको तर्फबाट अध्यक्ष टन्डनले मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्नुभएको हो, उक्त भेटमा नेपालमा कसरी वैधानिक माध्यमबाट धेरैभन्दा धेरै रेमिट्यान्स भित्याउने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा रेमिट्यान्स व्यवसायका साथै विदेशमा रहेका श्रमिकहरुको हक अधिकार सुरक्षित गर्न मन्त्रालयले चाल्नुपर्ने कदमका विषयमा समेत छलफल भएको संघका अध्यक्ष टण्डनले जानकारी दिए ।

सो भेटवार्तामा संघका पूर्व अध्यक्ष तथा आइएमईका सुमन पोखरेल, संघका अध्यक्ष सिटी एक्सप्रेसका चन्द्र टण्डन, उपाध्यक्ष नेपाल रेमिटका रितेश मित्तल, महासचिव सुर्य रेमिटका संजय सिग्देल, कोषाध्यक्ष आइपे रेमिटका ईन्द प्रसाद शर्मा, सचिव इजि लिंक रेमिट्यान्सका दिपेन्द्र खनाल, सदस्यहरु एटीटी रेमिटका संजिव कुमार पाठक, क्यासवे मनि द्रान्सफरका प्रविन अधिकारी, प्रभु मनि द्रान्सफरका रामेश्वर सापकोटा, हिमाल रेमिटका युमा श्रेष्ठ तथा संघका कार्यालय सचिव श्याम प्रसाद पौडेलको उपस्थिति रहेको थियो । श्रममन्त्री आफै पनि लामो समयदेखी रेमिट्यान्स ब्यवसायमा सक्रिय भएर काम गरिसकेकाले पनि यस क्षेत्रको जानकार मानिन्छन् ।

उनी इजि लिंक रेमिट्यान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन । छलफलका क्रममा नेपाल मुद्रा विप्रेषक संघको तर्फबाट संघका अध्यक्ष, नि। अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा कोषाध्यक्षले आ–आफ्नो भनाइहरु राखेका थिए । सोहि क्रममा संघका अध्यक्षले नेपाल मुद्रा विप्रेषक संघले निकट भविष्यमा नेपालमा नै एक अन्र्तराष्ट्रिय रेमिट्यान्स सम्मेलन गर्न लागेको र सो सम्मेलनमा सम्बन्धित मन्त्रालय हुनुको नाताले सहयोग गरिदिनहुन अनुरोध गरे भने नि। अध्यक्षले समग्र ब्यवसायिक हित तथा श्रमिकहरुको हितको लागि बैधानिक माध्यमबाट रेमिट्यान्स भित्राउन सरकारको तर्फबाट नगद इन्सेन्टिभ दिन तथा अन्य कुनै मोडल अपनाउन सुझाका थिए ।

रोजगारीको शिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई नेपाल आउँदा कम्तिमा एक जना विदेशी पाहुना पनि लिएर आउनको लागि प्रोत्साहन गर्नुपर्ने र यसबाट पर्यटन प्रबद्र्धनमा पनि उल्लेख्य मद्धत पुग्ने साथै हौसला पनि हुने कुरा प्रष्ट पारेका थिए । संघका उपाध्यक्ष मित्तलले फिलिपिन्सको उदाहरण दिँदै बैदेशिक रोजगारीमा जान चाहने कामदारहरुलाई सेमिस्किल्ड र स्किल्ड बनाएर मात्र पठाउनुपर्ने जसका कारण विदेशी कम्पनीमा काम पाउन सहज हुन र उनीहरुको आम्दानीमा पनि बृद्धि हुने कुरा राखेका थिए । यसैगरी संघका महासचिव सिग्देलले विप्रेषण ब्यबसायलाई पनि बैंक तथा वित्तिय संस्था सरह अति आबश्यकिय सेवामा राख्नुपर्ने जसबाट बेलाबेला भईरहने बिभिन्न खालका पेन्डामिकहरुमा पनि कार्यालय खोलेर सेवा प्रवाह गर्न सकिने हुनाले सोको ब्यबस्था गर्न माग गर्नुभएको थियो ।

साथै उहाँले बैदेशिक रोजगारीमा जान चाहने नेपालीहरुले अनिवार्य रुपमा रेमिट्यान्स अभिमुखिकरण तालिम लिनुपर्ने र सोको ब्यबस्था नेपाल मुद्रा विप्रेषक संघले गर्ने गरी ब्यबस्था गर्न पनि मन्त्रीज्यूलाई सुझाएका थिए । यसबाट बैदेशिक रोजगारीमा जाने नेपालीले रेमिट्यान्स सम्बन्धि सम्पूर्ण जानकारी पाउने, बैधानिक माध्यमबाट नेपाल पैसा पठाउँदा हुने राज्यका सेवा, सुविधा प्राप्त हुने तथा सुरक्षित पनि हुने र अबैधानिक माध्यमबाट नेपाल पैसा पठाउँदा हुने सम्भावित दुर्घटनाबाट बचिने जस्ता कुराहरुको जानकारी हुने भएकाले रेमिट्यान्स बढ्नुका साथै राज्यलाई पनि कुनै न कुनै हिसावमा योगदान पुग्ने कुरा बताए ।

साथै नेपालमा रहेका अन्र्तराष्ट्रिय एयरपोर्टहरुमा बैदेशिक रोजगारीमा जाने नेपालीहरु र अन्य भिसामा जाने नेपालीहरुलाई समान ब्यबहार हुनुपर्ने, दोस्रो दर्जाको नागरिक जस्तो ब्यबहार गरिनु दुर्भाग्यपूर्ण रहको भन्दै यथासक्य चाँडो यस विषयमा निर्णय लिन आग्रह गरे । सिग्देलले विभिन्न देशहरुमा अलपत्र परेका नेपालीहरु, नेपाल ल्याउन नसकेका वेवारिशे लाशहरु, ब्लडमनी तिर्न नसकेर विभिन्न जेलमा थुनिएका नेपालीहरुको तथ्याङ्क दु्रत गतिमा संकलन गरी मन्त्रालयको तर्फवाट यथासक्य चाँडो उचित कदम चाली समस्यामा रहेका श्रमिकहरुको उद्घार गर्न सुझाए ।

भेटघाटका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्याज्यूले संघका पदाधिकारीहरुबाट राख्नु भएका सम्पूर्ण मागहरु र सुझावहरु एकदमै जायज रहेको र कुनै कुनै विषयहरुमा निर्णय पनि भईसकेको जानकारी दिँदै उनले विभिन्न देशहरुमा अलपत्र परेका नेपालीहरु, नेपाल ल्याउन नसकेका वेवारिशे लाशहरु ब्लडमनी तिर्न नसकेर विभिन्न जेलमा थुनिएका नेपालीहरुको तथ्याङ्क दु्रत गतिमा संकलन गरि यथाशिघ्र कार्यान्वयनको लागी पहल भइसकिएको र अन्य विषयहरुमा पनि यथासक्य चाँडो निर्णय लिने कुराको जानकारी गराएका थिए । उक्त भेटमा मन्त्री अर्यालले मन्त्रालयको पहलमा चाँडैनै काठमाडौं लगायत सातै प्रदेशमा रोजगार मेलाको आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त मेलामा सम्पूर्ण ब्यबसायीहरुलाई स्टल राखेर आवश्यक कर्मचारी पूर्ति गर्न तथा थप रोजगारको सिर्जना गर्न पनि पहल गर्न अनुरोध गरेकमा थिए ।

प्रतिक्रिया दिनुहोस्