आईएमई जनरल इन्स्योरेन्सको ३ शाखा तथा उपशाखा सञ्चालनमा

आईएमई जनरल इन्स्योरेन्सले थप दुई शाखा कार्यायहरू झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङको विराटचोकमा सामेबारदेखि सञ्चालनमा ल्याएको छ । सो शाखाहरूको उद्घाटन कम्पनीका सञ्चालकद्वय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रूपमा गरे ।
शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यद्वय ढकाल र पाण्डेलेले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरूलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको सोमबर उद्घाटन भएको शाखासहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउन्टरहरू र प्रधान कार्यालयसहित ४० स्थानबाट सेवाग्राहीलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउंदै निकट भविष्यमानै थप १४ शाखा तथा उपशाखा कार्यालय खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए । सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावहरूलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक बिदाको दिनमा पनि बिमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बिमा सेवा सुरु गरिसकिएको जानकारी दिँदै कम्पनीले दोस्रो त्रैमासिकसम्म ४३ कारोड रुपैयाँ बिमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।