पीएलओले पाँच लाख कित्ता आईपीओ जारी गर्ने «

पीएलओले पाँच लाख कित्ता आईपीओ जारी गर्ने

पूर्वाञ्चल ल्यूब आयल लिमिटेड (पीएलओ) ले ५ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पब्लिक कम्पनीमा जाने गरी प्राथमिक सेयर जारी गर्ने भएको हो । सेयर निष्काशन तथा व्यवस्थापनका लागि कम्पनीले प्रभू क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रवन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभू क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सुन्दरहरैचा ९ मोरङ विराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्यूब आयलले बिगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र ५ हजार भन्दा बढी खुद्रा व्यापारी कम्पनीहरु पीएलओमा आबद्ध छन् ।

२ लाखभन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको बताइएको छ । विदेशी लुब्रिकेन्टलाई बिस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्