माछापुच्छे« बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा छुट

माछापुच्छे« बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार माछापुच्छे« बैंकका ग्राहकले फ्रन्टलाईन अस्पतालमार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढीमा १३ प्रतिशतसम्म छुट पाउनेछन् ।
जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपिडी, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ देखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाडौबाट सेवा प्रदान गर्दै आएको छ । बैंकका ग्राहकले उक्त छुट, बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
माछापुच्छे« बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई छुट दिँदै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ ।