रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि हेटौडाबीच मेडिकल इन्सुरेन्स सेवाका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बिमितहरुले हस्पिटलको प्रयोगशाला सेवा, एक्स रे, इसिजी, इसिएचओलगायत सेवाहरूमा विशेष छुट पाउनेछन् ।
सम्झौता कार्यक्रममा अण्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरीलगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो । रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्सुरेन्स तथा अण्डरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बिमा क्षेत्रमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको दावी गरेको छ ।