मेटलाइफद्वारा नयाँ बिमा योजना सार्वजनिक
मेटलाइफ बिमा कम्पनीले नेपालमा मध्यावधि वृद्धि बिमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकका लागि मध्यावधि लाभसहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बिमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख अंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा नयाँ योजना सार्वजनिक गरिएको हो ।
यस योजना अन्तर्गत, बिमितले बिमालेखको मध्यावधिमा पुगेपछि बिमांक रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन् । अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् भने यसै अवधीमा बिमितको मृत्यु भएको अवस्थामा बिमांक रकम बराबर शतप्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्छन् ।
यस योजनाको मध्यावधि पछि बिमितको मृत्यु भएको अवस्थामा इच्छाएको व्यक्तिले बिमांक रकमको दोब्बर रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।