एनआईसी एशिया मर्चेन्ट मिट २०२३ सम्पन्न «

एनआईसी एशिया मर्चेन्ट मिट २०२३ सम्पन्न

एनआईसी एशिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ एनआईसी एशिया मर्चेन्ट मिट २०२३ सम्पन्न गरेको छ । कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको सहभागिता रहेको थियो ।

‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’ बन्ने बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्यांकन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले मिट आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ यूनिर्भस प्रमुख श्यामप्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आएको विभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाका बारेमा जानकारी गराए । साथै, यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्