लक्ष्मी बैंकको शाखा ललितपुरको हात्तीवनमा «

लक्ष्मी बैंकको शाखा ललितपुरको हात्तीवनमा

लक्ष्मी बैंकले ललितपुरको हात्तीवनमा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ । यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तारसँगै ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्