मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट «

मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतासँगै बैंकका भिसा डेविट कार्डवाहक ग्राहकले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्क मा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्