सिटिजन्स बैंकमा दोहोरिए पोखरेल

सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल फेरी नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ बर्षका लागि पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेलले स्थापनाकाल देखिनै बैंकसंग आवद्ध भई विभिन्नओहदामा रहि नेतृत्वदायी भूमिकानिर्वाह गर्दै आएका थिए । २०६५ देखि दोस्रो वरियतामा रहि कार्यसम्पादनगर्दै आएका पोखरेल हाल प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्दै आएका थिए ।
अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
बैंकमा आबद्व हुनु अगाडी उनी विभिन्न संस्थामा आवद्ध थिए । बैंकको उच्च व्यवस्थापन तथा शाखा प्रबन्धकको बुधबार भएको बैठकमा उनले नीति नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।पोखरेलको कार्यकालमा बैंकका ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डमा राम्रो उपलब्धी हासिल भएको बैंकले जनाएको छ ।
उनको पहिलो ४ बर्षेकार्यकालमा निक्षेप औषतमावार्षिक २६.०४ प्रतिशत बढेर १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमावार्षिक २३.६२ प्रतिशत बृद्धि भइ १४२.५४ अर्ब पुगेको छ । यस्तै चुक्ता पूँजी १४.२० अर्ब पुगेकोे छ ।बैंकको खुद नाफा ४ वर्षमा औषतमावार्षिक १२.९१ ले बढेको छ । बैंकका अनुसार खुद नाफा आव २०७८/७९ मा २ अर्ब पुगेको छ ।
बैंकले हाल देशभरमा १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखारहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सेवा दिंदै आएके छ ।