देवघाटमा ज्योति बैंक «

देवघाटमा ज्योति बैंक

ज्योति विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले विगत ६ वर्षदेखि देवघाटमा एक्सटेन्सन काउन्टर राखी देवघाटवासीलाई सेवा पुराउँदै आएकोमा शुक्रबारदेखि बैंकिङ सेवा सुरु गरेको हो । सो अवसरमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष थापाले देवघाटमा रहेका व्यवसायी, उद्योगीलगायत विशेष गरी ज्येष्ठ नागरिकहरूलाई वृद्धभत्ता उपलव्ध गराई यस ज्योति बैंकले पुराएको सेवाको प्रशंसा गरिन् । बैंकका सञ्चालक नारायणप्रसाद पौडेलले ६ वर्षसम्म बैंकले सेवा दिँदै आइरहेकोमा अबका दिनमा समेत वडा वडामा गई ज्येष्ठ नागरिकलाई वृद्धाभत्ता उपलब्ध गराउने विषयमा गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्