एरियल किन्दा एलजी वासिङ मेसिन जित्ने भाग्यमानीहरू

युनाइटेड डिस्ट्रिब्युर्टस नेपाल र भाटभटेनी सुपर मार्केटको सहकार्यमा १४ वटा भाटभटेनीमा सञ्चालन गरेको १ केजी एरियल किन्दा एलजी वासिङ मेसिन जित्ने अवसर नामक उपभोक्ता अफरअन्तर्गत भाग्यशाली विजेताहरूलाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर भाटभटेनी त्रिपुरेश्वरमा सोमबार पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा उपत्यका भित्रका विजेताहरूलाई भाटभटेनी सुपर मार्केटका सञ्चालक पहलमान गुरुङ र कल्याण गुरुङ तथा डिवेन्दु दाश गुप्ता (जेनरल म्यानेजर, यूडीएन, एमटी) र सन्तोस कुमार मिश्र (मार्केट प्रमुख, युडिएन एमटी)ले पुरस्कार प्रदान गरेका थिए । उपत्यका भित्रका विजेताहरूमा यसस्वी सुवेदी (कोटेश्वर), चुना बस्नेत (त्रिपुरेश्वर), उत्तम पराजुली (कलंकी), स्मिता प्रधान(भक्तपुर), जयश्वरलाल श्रेष्ठ(बालाजु), बिस्ट भरबिस्ट(नक्साल), युवराज गुरुङ (महाराजगन्ज), प्रतिभा अधिकारी(पाटन), किसाङ लामा बौद्ध र प्रतिमा काफ्ले अनामनगरका थिए ।