प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ छैन : पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको उनको भनाइरहेको रहेको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोखरेलले प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजौं भन्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने नरहेको उनको तर्क रहेको छ । उनले नेपाली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् । महासचिव पोखरेलले नेपाली कांग्रेसले पहिला आफूले आफ्नो पोजिसन कुन हो भनेर प्रस्ट पार्नुपर्ने बताएका छन् । “अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,” उनले भने, “दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला ऊ सचिन्न पर्छ ।”
नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुखद रहेको महासचिव पोखरेलको भनाइ रहेको छ । राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पाइनै गर्न नसकिने उनको तर्क रहेको छ । संघ देखी प्रदेश सम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने बताए