हिमपात पछि बढ्यको चिसो छल्न न्यानो कपडा बितरण «

हिमपात पछि बढ्यको चिसो छल्न न्यानो कपडा बितरण

माघ महिनाको दोस्रो सातामा मुगु लगाएत हिमाली जिल्लामा परेको भारी हिमपता पछि एक्कासी बढ्यको चिसो छल्नको लागी नेपाल रेडक्रस सोसाईटि शाखा मुगुले न्यानो कपडा र स्वास्थ्य सामाग्री बितरण गरेको छ । माघ १० गते परेको हिमपात पछि मुगुमा निकै चिसो बढ्यको छ ।

बिहान बेलुका दाउरा बालेर दिन काट्नु पर्छ । धेरै दाउरा बालम भर्ने नजिक बन नहुदा दाउराको जोहो गर्न पनि निकै समस्या परेको छ । चिसोको कारण मुगुमा बिढाबढी बाल बच्चालाई रुगाखोकी,निमोनिया भएको छ । स्थानिय सरकारलृ चिसो बाट बच्चको लागी कुनै सहयोग गरेको छैनन् । आज बल्ल नेपाल रेडक्रस सोसाईटी मुगुले एक एक कम्बल र सरसफाई सामान दिएको छ । हामी लाई निकै खुसी लाग्यको छ । एक पिस कम्बल भएपनि केही दिन सम्मको लागी चिसो बाट बच्र्ने भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ बस्र्ने बर्ष ८०का हजार कला मल्लले बताए ।

हिमपात पछि मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका भित्र रहेको बिभिन्न बस्तीहरुमा बस्दै आएका ६० बर्ष देखी बार्थिका बुढा बढी,असाय,बिपत्न,गरीव ,एकल महिला पुरुष,लगाएतका नागरीहरुलाई अत्याधिक चिसोहुदा बिभिन्न समस्या आउर्ने देखीएकोहुनाले नगरपालिका भित्र रहेका चैन, छत्यालवाडा,भामवबडा,बाम,थमवाडा,दर्के,फईपाटा,लगाएत एक दर्जन भन्दा बढी बस्तीका एक सय पचास जना नागरीकहरुलाई चिसो र रोग बाट बच्नको लागी एक एक कम्बल र एक एक स्वास्थ्य सामाग्री , ५ जान नागरीकहरुलाई त्रिपाल र आधारभुत बिद्याल रुगामा अध्यानथर भुईमा बस्दै आएका बिद्यार्थिको सहजको लागी १० वटा कम्बल गाँउ गाँउमा गएर बितरण गरीएको नेपाल रेडक्रस सोसाईटी शाखा मुगुमा मन्त्री रत्नसिंह मल्लले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्