जिल्लामा नाप तौल कार्यालय नभएको पीडा

केही समय अघि घोराहीका सुन चाँदी व्यवसायीहरुले गाडी रिजव गरेर नेपालगञ्ज पुगेर आफना नाप तौलका सामाग्रीहरु चेक जाँच तथा नविकरण गराएर ल्याएका थिए । केही व्यावसायीहरु केही दिनमा गाडी रिर्जव गरेर नेपालगञ्ज नाप तौलका सामाग्री चेक जाँच तथा नविकरण गर्न जाने तयारीमा छन् ।
जिल्ला नाप तौलको कार्यालय नहुदा हरेक उद्योग तथा व्यावसायीहरु नेपालगञ्ज सम्म पुगेर आफना नाप तौलका सामाग्री चेक जाँच तथा नविकरण गर्नु पर्ने बाध्यता छ । जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहुदा आफुहरु वाध्य भएर नेपालगञ्ज सम्म जानु पर्ने बाध्यता रहेको घोराही सुन चाँदी व्यावसायी समितीका अध्यक्ष विनोद वि कले बताए । नेपालगञ्जसम्म जानु पर्दा आफुहरुलाई आर्थिक तथा समयको समेत खर्च हुने गरेको उनले बताए । सामान लगेर जाँदा सामान समेत हराउने गरेका व्यवसायीको गुनासो छ ।
सुन चाँदी व्यावसायीहरुले हरेक वर्ष चेक जाँच तथा नविकरण गरिनु पर्ने समेत उनले बताए । ‘समयमा नै नविकरण नगरेमा जरिवाना लाग्ने गर्दछ । त्यसैले समयमा नै जानु पर्ने बाध्यता छ’ उनले भने । नेपालगञ्ज जादा आफनो सवारी नहुनेहरुलाई २ दिन सम्म लाग्ने गरेको उद्योगी तथा व्यावसायीहरु बताउछन् । जसले गर्दा जादा आउदा खर्च, होटेलमा बस्दा खर्च गर्दा धेरै खर्च हुने गरेको छ । ‘जिल्लामा नाप तौलको कार्यालय भएमा धेरै सहज हुने थियो’ अध्यक्ष विकले भने ‘आफुहरुले समस्याका बारेमा पटक पटक सम्वन्धीत निकायमा जानकारी गराएपनि समस्याको समाधान भएको छैन ।’
नाप तौलको कार्यालय जिल्लामा नहुदा गल्ला किराना व्यवसायीहरुले धेरै समस्या रहेको गल्ला तथा किराना व्यवसायी समिती घोराहीका अध्यक्ष विनोदप्रसाद पाण्डेले बताए । ‘नाप तौलका सामाग्री धेरै प्रयोग हामीले गर्दछौ कति वेला बिग्रीन्छ थाहा हुदैन नया किनेको नाप तौलका सामाग्री ३५ दिन भित्र दर्ता गर्नु पर्ने व्यवस्था छ । दर्ता गर्नका लागि नेपालगञ्ज जानु पर्छ’ उनले भने । ३५ दिन पछि गएमा दर्ता तथा नविकरण समेत नहुने गरेको उनले बताए ।
‘जिल्लामा कार्यालय छैन टाढा जानु पर्ने बाध्यता छ भनेको समयमा जान सकिएन भने दर्ता नहुने समस्या छ’ उनले भने । उद्योगी तथा व्यावसायीहरुको समयस्या पटक पटक पटक उठाएपनि समस्याको समाधान हुन नसकेको उनको भनाइ छ । ‘हामीले समस्याका बारेमा सम्वन्धीत निकायमा, मन्त्री, सांसद राजनितीक दललाइ जानकारी गराएपनि समस्याको समाधान हुन सकेको छैन’ उनले भने । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय स्थापनाका लागि आफुहरुले सम्वन्धीत निकायमा निरन्तर प्रयास जारी राखेको बताए ।
‘हामीले लामो समय देखि आवाज उठाउदै आएका छौ तर हाल सम्म कार्यालय स्थापना हुन सकेकौ छैन’ उनले भने । जिल्लामा नाप तौलको कार्यालय नहुदा उद्योगी तथा व्यावसायीहरुले समस्या भोग्नु परेको छ । जिल्लामा मात्र नभइ साविक राप्ती अंचलमा नै नाप तौलको कार्यालय छैन् । साविक राप्ती अञ्चलमा रहेका उद्योगी तथा व्यावासायीहरु आफना नाप तौलका सामाग्री चेक जाँच एवम नविकरण गराउन नेपालगञ्ज सम्म जाने गरेको उनले बताए ।
उद्योगी तथा व्यावसायीहरुलाई सहजताका लागि उद्योग वाणिज्य संघले नाप तौलको कार्यालय संग समन्वय गरेर सिवीर सञ्चालन गदै आएको समेत उनले बताए । यसले केही मात्रामा भएपनि उनीहरुलाइ सहज हुने गरेको उनी बताउछन् । राज्यले उद्योगी, व्यावसायीहरुलाइ सहज रुपमा सेवा पाउने बातावरण सृजना गर्नु पर्ने उनले बताए । नेपालगञ्ज गुणस्तर तथा नाप तौल कार्यालयलको कार्य क्षेत्र रुकुम पुर्व, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया रहेको छ । जिल्लामा नाप तौलको कार्यालय स्थापना भएमा साविक राप्ती अञ्चलका उद्योगी तथा व्यावसायीहरुलाई समेत सहज पुग्ने निजी क्षेत्रका अगुवाहरुले बताउँछन ।