भोकमरीको जोखिम नेपालमा भन्दा भारतमा बढि «

भोकमरीको जोखिम नेपालमा भन्दा भारतमा बढि

नेपालमा भोकमरीको अवस्थामा राम्रो सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । सन् २००७ र सन् २०१४ मा नेपालको अवस्था गम्भीर तर, जोखिमपूर्ण अवस्थाबाट सुधारमा आएको देखिएको थियो । सन् २०२२ को तथ्यांकमा भने नेपालले मध्यम जोखिमको अवस्थामा सुधार गरेको छ । नयाँ सूचकाङ्‍कमा १२१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको छ । जहाँ नेपालले १९.१ अंकका साथ ८१औं स्थानमा छ । सन् २०१४ यता नेपालले भोकमरी अवस्थामा २ अंकको सुधार गरेको छ ।

कुन वर्ष नेपालको कति अंक ?

सन् २००० : ३७.०
सन् २००७ : ३०.०
सन् २०१४ : २१.२
सन् २०२२ : १९.१
प्रतिवेदनअनुसार भोकमरीको जोखिम कम रहेको मुलुकको सूचीमा बेलारुस एक नम्बरमा छ भने १२१औं नम्बरमा यमन छ । यमनमा भोकमरी दर उच्च रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्