Logo

विकास प्राधिकरणदेखि कृषि उत्पादकत्व वृद्धिसम्मका लक्ष्य

दाङका सबै स्थानीय तहको बजेट

दाङका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कानुनले निर्धारण गरेको मितिभित्रै स्थानीय तहहरूले बजेट सार्वजनिक गरेका हुन् ।
घोराही उपमहानगरपालिकाले १ अर्ब ७८ करोड २९ लाख ६६ हजार रूपैयाँको बजेट ल्याएको छ । उपप्रमुख सिता सिग्देल न्यौपानेले नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । उक्त बजेटमध्ये चालूतर्फ १ अर्ब १८ करोड ९० लाख २५ हजार अर्थात कुल बजेटको ६६.६९ प्रतिशत रहेको छ । पूँजीगततर्फ ५९ करोड ३९ लाख ४१ हजार अर्थात ३३.३१ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै कुल बजेट मध्ये १ अर्ब ४६ करोड ८ लाख ८१ हजार अर्थात ८१.०७ प्रतिशत विकास बजेट र ३२ करोड २० लाख ८५ हजार अर्थात १८.०७ प्रतिशत प्रशासनिक खर्च बजेट विनियोजन गरिएको छ । विषयगत कार्यतर्फ ६० करोड ३८ लाख ९० हजार अर्थात ५०.७९ प्रतिशत, सामाजिक सुरक्षातर्फ २६ करोड अर्थात २१.८६ प्रतिशत, पदाधिकारी तथा कर्मचारी तलव भत्तातर्फ २३ करोड २३ लाख ७५ हजार अर्थात १९.४५ प्रतिशत, कार्यालय सञ्चालनतर्फ ८ करोड ९७ लाख १० हजार र अन्य संस्था (गरिवसँग विश्वेश्वर, युनिसेफलगायत) का लागि ३० लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको छ ।
कृषिमा आधुनिकरण एव यान्त्रिकीकरण गर्दै कृषि उत्पादकत्व बढाउन १ करोड ५३ लाख ४५ हजार विनियोजन गरिएको छ । पशुपन्छीजन्य व्यवसायको प्रवद्र्धन एवम् उत्पादनको विविधीकरण गरी मासुजन्य उत्पादनमा घोराहीलाई आत्मनिर्भर बनाउन ५८ लाख ६६ हजार छुट्याइएको छ ।
सहकारी तथा रोजगार प्रवद्र्धनमा ६९ लाख ६९ हजार, उपभोक्ता हित संरक्षणमा १९ लाख ३५ हजार, पर्यटन तथा संस्कृति प्रवद्र्धनमा ७७ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै शिक्षा, युवा तथा खेलकुदमा ४८ करोड ७० लाख ७८ हजार, स्वास्थ्य सेवामा ६ करोड ७ लाख ८० हजार, महिला, बालबालिका, अपांग, ज्येष्ठ नागरिक तथा समाजकल्याणमा ७६ लाख ३८ हजार, सरसफाइ व्यवस्थापनमा ७७ लाख ३८ हजार, विपद् तथा वातावरणमा १ करोड ३४ लाख ५० हजार, कानुनी मामिलामा १५ लाख, सूचना तथा सञ्चारमा ३५ लाख, सुशासनमा ५० लाख ५० हजार र पूर्वाधार विकासका लागि ३१ करोड ४८ लाख बजेट विनियोजन गरिएको छ ।

तुलसीपुरमा विकास प्राधिकरण
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ७१ करोड ८८ लाख ६ हजारको बजेट सार्वजनिक गरेको छ । त्यसमा विकास प्राधिकरणलाई महत्वाकांक्षी बजेट छुट्याइएको छ । त्यसको आधिकारिक कार्यान्वयन गर्न विकास प्राधिकरणलाई स्वायत्त संस्थाका रूपमा लगिने भएको छ । जसले हरेक वडामा कम्तिमा एक बर्षमा ३ किमी सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।
नगरसभामा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा आन्तरिक स्रोतबाट २५ करोड, युनिसेफबाट अनुदान ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ३१ करोड ६२ लाख, सशर्त अनुदान विषयगत ४७ करोड २ लाख, राजस्व वाँडफाँडबाट २३ करोड ४५ लाख साथै प्रदेश सरकारको वित्तीय समानीकरणबाट ६६ लाख ७ हजार, ससर्त अनुदानबाट १ करोड ६० लाख, राजस्व बाडँफाँडबाट २ करोड ७७ लाख ९९ हजार अन्य अनुदान ३ करोड, विभिन्न कोष, लगानीसमेतमा मौज्दात १० करोड, समपुरक अनुदानमा ५ करोड र सडक बोर्डको रकम १ करोड गरी यसमा नगर विकास कोषबाट प्राप्त हुने ऋण रकम १ अर्ब ४४ करोड बाहेकको रकम समावेश छ ।
यसैगरी चालू खर्चअन्तर्गत प्रशासनिक खर्चअन्तर्गत २२ करोड ६१ लाख ६ हजार र लक्षित सामाजिक विकास कार्यक्रमतर्फ १२ करोडसमेत गरेर चालूतर्फ ३४ करोड ६० लाख विनियोजन गरिएको छ । पुँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अर्ब ३० करोड २८ लाखको अनुमानित वजेट प्रस्तुत गरिएको छ ।
लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷२०७७ लागी ६५ करोड १४ लाख ९८ हजारको बजेट ल्याएको छ ।
आन्तरिक स्रोततर्फ १५ करोड, संघीय तथा प्रदेश सरकार समानीकरण स्रोत अनुदानतर्फ १५ करोड ११ लाख ३८ हजार र राजस्व बाँडफाँडतर्फ १३ करोड ३४ लाख ६० हजार, ससर्त अनुदानतर्फ १८ करोड १९ लाख रूपैयाँ हुने अनुमान गरिएको छ । चालू खर्च १३ करोड ५५ लाख ९८ हजार र पुँजीगततर्फ ५१ करोड ५९ लाख अनुमान गरिएको छ ।
विषयगत शाखाअन्तरगत आर्थिक विकास शाखामा २ करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा ४ करोड, पूर्वाधार विकास क्षेत्रमा १५ करोड ९० लाख, वातावरण तथा विपद् व्यवस्थापन १ करोड ५० लाख, सुशासन तथा संस्थागत विकासमा ५० लाख, वडापालिकालाई ९ करोड बजेट प्रस्तावित गरिएको छ । लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासले वजेट प्रस्तुत गरेकी हुन् ।
त्यस्तै बंगलाचुली गाउँपालिकाले ४७ करोड ७० लाख बजेट विनियोजन गरेको छ । जसमा पुँजीगततर्फ २३ करोड ४० लाख अर्थात ४९ प्रतिशत र चालूतर्फ शिक्षा र स्वास्थ्यको तलव भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा रकम ३ करोड ३० लाखसहित २४ करोड ३० लाख अर्थात ५१ प्रतिशत गरी ४७ करोड ७० लाखको बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले सामाजिक विकासतर्फ २१ करोड ३२ लाख बजेट विनियोजन गरेको छ । जस अनुसार शिक्षामा १३ करोड ९४ लाख अर्थात कुल बजेटको २९ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यसैगरी स्वाथ्यमा ७ करोड ३८ लाख अर्थात कुल बजेटको १५.५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बबई गाउँपालिकाले ३५ करोड ८८ लाख २२ हजार ९ सय ९९ रूपैयाँको बजेट ल्याएको छ । जसमा चालूतर्फ ५ करोड ८५ लाख अर्थात १६.३० प्रतिशत र पुँजीगततर्फ १५ करोड २६ लाख २२ हजार ९ सय ९९ रूपैयाँ अर्थात कुल बजेटको ४२.५३ प्रतिशत विनियोजन गरिएको छ । जसमा संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान ११ करोड ८५ लाख वित्तीय समानीकरण ९ करोड ९६ लाख राजस्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड ७४ लाख अन्य रोयल्टीबाट १ लाख २४ हजार ९ सय ९९ सय र प्रदेश सरकारवाट वित्तीय समानीकरण ४३ लाख ४८ हजार, राजस्व बाँडफाँडबाट ४६ लाख ५० हजार, समपुरक अनुदान १ करोड ५० लाख, ससर्त अनुदान ९० लाख, विशेष अनुदान ५२ लाख रहेको छ । गाऊपालिकाका उपाध्यक्ष सावित्रा विकले प्रस्तुत गरेकी हुन् ।
दंगीशरण गाउँपालिकाले ३६ करोड ३६ लाख २३ हजारको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष पिमाकुमारी खड्काले बजेट प्रस्तुत गरेकी हुन् । दैनिक कार्य सञ्चालन तथा अन्य प्रशासनिक कार्य, पदाधिकारी तथा कर्मचारी तलव भत्ता लगायतका लागि चालू खर्चतर्फ कुल ६ करोड ९२ लाख रकम विनियोजन गरिएको छ ।
त्यसैगरी सार्वजनिक निर्माण, मेसिनरी तथा सवारी साधन खरिदलगायतका काम गर्न पुँजीगत खर्च ८० लाख ५० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै समपुरक कोषका लागि ७ करोड ५० लाख, कृषि विकासमा ७५ लाख, पशु स्वास्थ्यका लागि २० लाख, शिक्षा क्षेत्रमा ८५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै गाउँपालिकाले उर्जा विकासमा १५ लाख, लैंगिक समावेशीकरणमा १० लाख रकम विनियोजन गरिएको छ ।
गढवा गाउँपालिकाले ४७ करोड ९३ लाखको बजेट प्रस्तुत गरेको छ भने शान्ति गाउँपालिकाले ३४ करोड ७१ लाख ४८ हजारको बजेट ल्याएको छ । चालुतर्फ ५ करोड ३० लाख ७ हजार ५ सय ८४ रूपैयाँ र पुँजीगततर्फ २९ करोड ४१ लाख ४० हजार ४ सय १६ रूपैयाँ विनियोजन गरिएको उपाध्यक्ष मिथिला शाहले जानकारी दिइन् ।
त्यसैगरी राजपुर गाउँपालिकाले ३२ करोड ६० लाख र राप्ती गाउँपालिको ६० करोडको बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्