समृद्धि फाइनान्सद्वारा विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम «

समृद्धि फाइनान्सद्वारा विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबार र शनिबार गरी विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समिक्षा गरिएको थियो । आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो ।

काठमाडौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापन, विभागिय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ ओटा शाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्