एनआईबीएल एस क्यापिटलबाट लगानी व्यवस्थापन सेवाको सुरुवात «

एनआईबीएल एस क्यापिटलबाट लगानी व्यवस्थापन सेवाको सुरुवात

एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात वि.स. २०७१ सालदेखि हुँदै आएको छ ।

दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आइरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा ११ सयभन्दा बढी ग्राहक आवद्ध हुनुका साथै ४ अर्बभन्दा बढी आकारको लगानीको व्यवस्थापन हुँदै आइरहेको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ वर्ष अघिदेखि सुरुवात गरेको यस सेवाअन्तरगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकवर्गले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भइ लगानी व्यवस्थापन सेवामार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकवर्गको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

आगमी दिनमा पनि लगानीकर्ताको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्