डिशहोममा १ वर्षको रिचार्ज गर्दा निशान्तले जिते एक लाख «

डिशहोममा १ वर्षको रिचार्ज गर्दा निशान्तले जिते एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा चादनी दोधारा नगरपालिका ८ निवासी निशान्त बुढाले एक लाख रुपैयाँ जितेका छन् । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको दोधारा कंचनपुरका सह वितरक न्यु एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

विजेता बुढालाई बधाई दिँदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ सक्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी रमाईलो एचडी. सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्