आइएमई पेको एप डाउनलोड संख्या ४० लाख «

आइएमई पेको एप डाउनलोड संख्या ४० लाख

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाइमा केक काटेर खुसियाली मनाइएको छ । आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै उत्सव पनि मनाइएको थियो ।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकाबीच खुसी आदानप्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्