भाइबरले ल्यायो कमर्सियल एकाउन्ट

राकुटेन भाइबरले विश्वव्यापी रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ । कम्पनीले बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट सुरु गरेको हो । कम्पनीले प्रयोगकर्ता र व्यवसाय दुवैलाई ध्यानमा राखेर भाइबरका अपडेटहरू अझ राम्रो ग्राहक अनुभव र ब्राण्ड संलग्नता प्रदान गर्ने दिशामा कदम चालेको जनाएको छ ।
यस सुविधाले आधिकारिक ब्राण्ड एकाउन्टहरूबाट सबै बिजनेस मेसेजहरूलाई एक फोल्डरमा भण्डारण र व्यवस्थित गर्न अनुमति दिने (जस्तै बैंक सूचना, डेलिभरी सेवाबाट अर्डर पुष्टि, स्टोरबाट विशेष अफर, आदि) जनाएको छ । प्रयोगकर्ताले आफ्नो पहिलो बिजनेस मेसेज प्राप्त गरेपछि बिजनेस इनबक्स सक्रिय हुनेछ ।
विगतमा व्यवसायहरूसँग कुराकानी गरेका प्रयोगकर्ताहरूका लागि, सुविधा जारी भएपछि व्यवसायसँगका सबै च्याटहरू स्वचालित रूपमा व्यापार बिजनेस इनबक्समामा सर्नेछन् । बिजनेस इनबक्स फोल्डर च्याट सूचीमा सिर्जना भएपछि, सबै बिजनेस मेसेजहरू पूर्वनिर्धारित रूपमा त्यहाँ जानेछन् ।
बिजनेस इनबक्सले प्रयोगकर्ताहरूलाई आफ्नो भाइबर अनुभवलाई कस्टमाइज गर्न र ब्राण्डहरूसँगको अन्तरक्रियालाई सुविधाजनक तरिकाले व्यवस्थित गर्न दिने कम्पनीको भनाइ छ ।