हब इन्टरनेशनल एजुकेशनको सेवा हात्तिसारबाट «

हब इन्टरनेशनल एजुकेशनको सेवा हात्तिसारबाट

हब इन्टरनेशनल एजुकेशनले हात्तिसारमा रहेको आफ्नै भवनबाट शैक्षिक परामर्श सेवा गर्ने गरी कार्यलयको उद्घाटन गरेको छ । नयाँ कार्यलयको उद्घाटन समारोहमा संस्थामा अध्यक्ष उद्धब खड्काले आफूले अन्तराष्ट्रियस्तरमा नेपालको शैक्षिक क्षेत्रलाई बलियो बनाउन थप मद्दत गर्ने विश्वास लिएको बताएका छन् ।

पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि मान्यता प्राप्त गरिसकेकोले आफ्नै भवनबाट सेवा प्रारम्भ हुँदा दिगो सेवामा समर्पित हुने अध्यक्ष खड्काले बताए । १७ वर्षभन्दा बढी शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेको हब इन्टरनेसनल एजुकेशनले आफ्नो सेवा अन्तर्राष्ट्रियस्तरमा विस्तार गरिसकेको जनाएको छ ।

पछिल्लो समय हबले बेलायतको लण्डनमा आफ्नो शाखा कार्यालय खोलेको थियो । यसअघि अष्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्स र भियतनाममा कार्यालय सञ्चालन गरिसकेको हबले लण्डनमा आफ्नो कार्यालय खुलेपछि अब भने चाँही नेपालमा आफ्नै भवनबाट स्थायी रुपमा सेवा दिने भएको छ । कन्सल्टेन्सीको नयाँ भवनमा विभिन्न एजेन्ट, विभिन्न परामर्शदाताका प्रतिनिधि र सरोकारवालालाई निमन्त्रणा गरिएको छ ।

हब इन्टरनेशनल एजुकेशनका अध्यक्षले नयाँ भवनमा उत्साहित हुँदै उच्च प्रविधियुक्त सेवा उपलब्ध गराउने बताए । “१७ वर्षको सेवा सञ्चालन पछि, हामीले अन्ततः हात्तिसरमा आफ्नै ठाउँ बनाउन सफल भएका छौं । बागबजार सधैंभरि हाम्रो हृदयमा रहनेछ ।” अध्यक्ष खडकाले भने, “तर हात्तीसार अहिले हाम्रो वर्तमान हो, यसले हाम्रो विकास र उचाइको सकेत गर्ने छ ।”

प्रतिक्रिया दिनुहोस्