सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा «

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने सम्बन्धमा दुबै कम्पनीबीच अन्तिम सम्झौता भइ नियमनकारी निकायहरुबाट गाभ्न स्विकृति प्राप्त भएको र आजदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोबार सूचारु भएको कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ रुपयाँ तोकेको छ। साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना संस्थापक समूह अन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समूह अन्तर्गत ३० प्रतिशत रहेकोमा कम्पनीको साधारण सभाबाट निर्णय भइ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) मा रहेको ब्यवस्था बमोजिम लक इन पिरियड यथावत रहने गरी कम्पनीको पूँजी संरचना संस्थापक समूह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समूह अन्तर्गत ४९ प्रतिशत रहने गरी अभिलेख भएको कम्पनीले जनाएको छ ।

साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर हुँदा शेयर स्वाप अनुपात १००ः०.८२४५ अर्थात् साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १ कित्ता शेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको छ । सोहीबमोजिम शेयरधनीहरूको नाममा शेयर कित्ता कायम भएको पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्