हिमालयन बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य «

हिमालयन बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

डा. सन्यम बजिमय र उनको टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा मिति २०७९ साल माघ ४ गते देखि २०७९ साल माघ ६ गते निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो । उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३ सय ९० जनाले निःशुल्क आँखा परीक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए ।

यसैगरी “रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा यही माघ ७ गते कमलादी स्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान कार्याक्रममा उपत्यकाभित्र र बाहिर गरी २ सय जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १ सय जनाले रक्तदान गरी सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्