उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १३ देखि भृकुटीमण्डपमा «

उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १३ देखि भृकुटीमण्डपमा

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेशनल एक्सपो तथा इन्टरनेशनल फर्निचर एन्ड होम डेकोर एक्सपो यही माघ १३ देखि १५ गतेसम्म हुने भएको छ । एक्सपोको आठौं संस्करण काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको हो । प्रदर्शनीमा विभिन्न देशका एक सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्डका स्टल रहने छन् ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ७ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको आयोजकले बताएको छ । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ तथा फर्निनर म्यानुफ्याक्चरिङ मेसिन, पावर टुल्स, प्लाइउड, झ्यालढोका, इन्टेरियर डिजाइन, घर तथा अफिस फर्निचर आदिको पनि उल्लेखनीय सहभागिता रहनेछ ।

यस आठौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिइएको छ । प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेशिनहरुलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्