सेन्ट्रल फाईनान्सको विराटनगर शाखा सञ्चालन «

सेन्ट्रल फाईनान्सको विराटनगर शाखा सञ्चालन

सेन्ट्रल फाईनान्सले सोमबारबाट विराटनगर शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १९ औं शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो । संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै रौतहटको चन्द्रपुरमा थप एक नयां शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको यस संस्थाको १७ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ ।

संस्थाले ग्राहकहरुको बैंक खाता, वालेट, क्यूआर जस्ता विद्युतीय रकमान्तर तथा भुक्तानीका माध्यममा सहज पहुँचको व्यवस्था पनि मिलाएको संस्थाले विभिन्न शाखा कार्यालयहरुमा एटीएम सेवा पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्