एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै «

एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुने भएको छ । शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्न लागेको हो ।

यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना हुने छ । विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले शिक़्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ । यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ ।

यस कार्यक्रमको अन्य साझेदारहरूमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् । शिक़्वल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिलाका समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउने छन् ।

हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौं लगायत देशका विभिन्न ठाउँहरूमा कजेल एक्टिभेसनका कार्यहरू भइरहेका छन् । यस ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरूलाई जोड्न महत्वपूर्ण योगदान एनसेलले विश्वास लिएको छ ।

यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरेहका छात्राहरू तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरूले तीन जनाको समूह बनाउन सक्छन् र सजिलै यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन् ।

दर्ता भएका समूहहरू मध्येबाट छानिएका समूहरूको लिस्ट माघ २० घोषणा गरिने छ । कार्यक्रम पूर्व तयारी स्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ्, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेशन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरूको आयोजना भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्