आज ८ अंकले बढ्यो शेयर बजार «

आज ८ अंकले बढ्यो शेयर बजार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आठ दशमलव १५ अंकले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलव २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव ५३ अंकले उकालो लागेर चार सय १५ दशमलव ५४ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये नौको शेयर मूल्य उकालो लाग्दा चार उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कारोबार भएकामध्ये एक सय नौ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ८९ कम्पनीको ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल ८३ लाख एक सय ८७ कित्ता शेयर रु तीन अर्ब ३२ लाख ३० हजार ३९ मा खरिद बिक्री भए ।

आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ३७ अर्ब ६० करोड ५२ लाख १७ हजार दुई सय ७२ रुपैयाँ बराबर छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १२ करोड ९१ लाख सात हजार तीन सय ९६ रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, शिव श्री हाइड्रोपावर १० करोड ४१ लाख ३३ हजार आठ सय ४३ रुपैयाँ, अपि पावर कम्पनी नौ करोड ३० लाख ५८ हजार चार सय १४ रुपैयाँ, माथिल्लो तामाकोसी नौ करोड १६ लाख ३६ हजार एक सय २३ रुपैयाँ र एनआइसी एशिया बैंक सात करोड ५३ लाख नौ हजार दुई सय ६० रुपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भए ।

त्यस्तै सानिमा जीआइसी जनरल इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लाग्यो । सूर्योदय वोमी लघुवित्त नौ दशमलव ७७, शिव श्री हाइड्रोपावर नौ दशमलव शून्य दुई, गुह्यश्वरी मर्चेन्ट बैंक छ दशमलव ६१ र मल्टीप्रर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले छ दशमलव ४२ प्रतिशतले कमाएका छन् ।

यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ४८, एनएमबी हाइब्रिड फण्ड पहिलो पाँच दशमलव २४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ३७, सिटिजन म्युचअल फण्ड दोस्रो चार दशमलव १७ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्