कांग्रेस प्रदेश २ संसदीय दलको नेतामा यादव सर्वसम्मत

नेपाली कांग्रेसले प्रदेश नम्बर २ संसदीय दलको नेतामा रामसरोज यादवलाई चयन गरेको छ । धनुषा क्षेत्र नं ३ प्रदेश क बाट निर्वाचित यादव सर्वसम्मत दलको नेता चयन भएका हुन् । कांग्रेस धनुषा जिल्लाका पूर्व सभापति समेत रहेका यादव संसदीय दलको नेता चयन भएको कांग्रेस केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।
संसदीय दल गठनमा सहजीकरणका लागि भन्दै सो प्रदेशमा कांग्रेसले विमलेन्द्र निधिलाई प्रतिनिधि पठाएको थियो । कुल १०७ सांसद रहेको प्रदेश नम्बर २ मा नेपाली कांग्रेसका १५ जना सांसद छन् ।