नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज होटल क्लार्क रिसोर्टमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा सहभागि अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले उनीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यल व्यक्तित्व विकास सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताबारे गरेको कानुनी व्यवस्था सम्वन्धमा र अभिकर्ता इजाजत पत्र आवेदन सम्बन्धमा गरेको व्यवस्थाका बारेमा विस्तृत जानकारी गराइएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिबद्धत्ता व्यक्त गरे ।
कम्पनीका विरगंज शाखाका शाखा प्रमुख प्रकाशकुमार सिंहले सञ्चालन गरेको सो समारोहमा एम.डि.आर.टी, सि.ओ.टी र टि.ओ.टीका लक्ष्य पुर्याएर सहभागि भएका अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए । सम्मानित बिजनेश लिडरहरुले सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।