नासाको विमानमा ३ घन्टामै न्यूयोर्कबाट लन्डन पुगिने
वासिङटन-नासाले हाल सिसाकलमको जस्तो आकार देखिने सुपरसोनिक विमान निर्माण गर्न लागि परेको छ । यसमा पाइलटलाई हेर्नका लागि अगाडिपट्टिको भ्mयाल हुने छैन । यो विमान १ हजार ७६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा उडान भर्न सक्छ । यो विमानले न्यूयोर्कबाट लन्डनको दुरी केबल ३ घन्टामै पुरा गर्न सक्छ ।
तपाईलाई लागिरहेको होलाकी यो विमानमा बस्न सुरक्षित होला ? पाइलटले विमान कसरी उडाउछ ? आकासमा यो कसरी नेभिगेट हुन्छ ? यसका लागि विमानको अगाडिपट्टिा क्यामेरा लगाइएको हुन्छ । यसमा लाइभ फीड राखिनेछ, जुन ४ हजार हाइ रिजोलुशन टिभी स्क्रीनमा पाइलटलार्य देख्न सक्छ ।
यो विमानका परिक्षण उडान २०२१ म गरिनेछ । यो सिस्टमलाई एक्सटर्नल भिजिविलिटी सिस्टम भनिन्छ । औपचारिक रुपमा यो विमानलाई एक्स–५९ क्वाइट सुपरसोनिक ट्रान्सपोर्ट को रुपमा चिनिन्छ । यसलाई‘सन अफ कंकड’को उपनाम दिइएको छ ।
नासाको एक बयानमा डिजाइन क्विकरको खुलासा गरिएको हो । यसमा भनिएको छ कि ४के मनिटर विमानको एक्टर्नल भिजिविलिट सिस्टम वा एक्सभीएसको हिस्सा हो । यसले बाहिर राखिएको क्यामेराबाट उपलव्ध हुने डाटालाई एक एडभान्स कम्प्युटिङ सिस्टमसँग जोडेर बाहिरको दृशय प्रस्तुत गर्नेछ । यसको साइडमा भ्mयाल राखिएको हुन्छ, जसमा पाइलटले बाहिरको दृश्य हेर्न सक्छ ।
एक्सभीएसको तलको बस्तु देख्नका लागि तथा पाइलटलाई सुरक्षित रुपमा उडान भर्न विभिन्न प्रकारको विमान प्रणालीको प्रयोग गरिनेछ । सोनिक बुम (जमिनमा पुग्ने तेज आवाज) लाई कम गर्नका लागि यसको डिजाइनमा कैयौ ठूलो परिवर्तन गरिएको छ । यद्यपि यो विमानबाट यात्रीलाई लैजाने लक्ष्य भने राखिएको छैन ।