एसआई–युकेले २ दिने एजुकेशन फेयर आयोजना गदै «

एसआई–युकेले २ दिने एजुकेशन फेयर आयोजना गदै

एसआई–युकेले फेब्रुवरी ४ र ५ मा युके एजुकेशन फेयर आयोजना गर्दै गर्ने भएको छ । मेला फेब्रुवरी ४ मा राजधानीको होटल  र्‍यार्डिसनमा र फेब्रुवरी ५ गते पोखराको सिटी स्क्वायरमा हुने आयोजकले जनाएको छ।

मेलामा युनिभर्सिटी अफ नर्थह्याम्प्टन, युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ बर्मिङ्घम र ट्रिनिटी कलेज डब्लिनलगायत बेलायत र आयरल्याण्डका २५ ठूला विश्वविद्यालय तथा कलेजको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । एसआई–युकेले यो कार्यक्रम नेपालमा हालसम्मकै सबैभन्दा ठूलो युके एजुकेशन फेयर भएको बताउँदै बेलायत र आयरल्याण्डमा उच्च शिक्षाको खोजीमा रहेका विद्यार्थीले डिग्री लिँदा र पछि विभिन्न अवसरका बारेमा जानकारी लिने मौका पाउने दाबी गरेको छ ।

एसआई–युकेले यो अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता हो जसले विद्यार्थीहरूलाई युकेमा उच्च शिक्षा हासिल गर्न सहि परामर्श र भर्ना प्रक्रियामा सहयोग गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्